The main mastermind behind the murder of Indian citizens was arrested (भारतीय नागरिकको हत्याको मुख्य योजनाकार पक्राउ)Bara News Update


                                       भारतीय नागरिकको हत्याको मुख्य योजनाकार पक्राउ

भारतीय नागरिकको हत्या गराउने मुख्य योजनाकारलाई पक्राउ गरि बारा प्रहरीले सार्वजनिक गरेको छ । 

जिल्ला प्रहरी कार्यालय बाराले सोमवर पत्रकार सम्मेलन गरि गोली प्रहारबाट एक जना भारतीय नागरिकको हत्या मुख्य अभियुतmलाई सार्वजनिक गरेको हो । 

भारत बिहार जिल्ला .मोतीहारी छौडादानो पिप्रा बस्ने अन्दाजीं.बर्ष ४५ को शिवपुजन यादवलाई बाराकै वरियारपुरमा गोली हानी हत्या गरिएको थियो । यादवको गोली हानी हत्या गराउने मुख्य योजनकार रहेका भारत बिहार जिल्ला मोतिहारी थाना घोडासहान ग्राम सेखौना वडा नम्बर १ वस्ने करिब ३८ बर्षिय अभियुक्त प्रमोद रामलाई पक्राउ गरि प्रहरीले सार्वजनिक गरेको हो । 

नेपालमा बस्दै आएका मृतक यादवको हत्या गर्न हत्याहुने भन्दा झण्डै १० दिनअघिबाट योजनकार राम पछि लागेको बारा प्रहरीको अनुसन्धानबाट खुलेको छ । मृतक यादवलाई अभियुक्त रामले नै फोन गरेर खाजा खान बोलाएका र खाजा पसलबाट सुटरलाई फोन गरि बोलएर गोली हान्न लगाएको प्रहरी उपरिक्षक होमिन्द्र बोगटीले पत्रकार सम्मेलनमा जानकारी गराए । 

मृतक यादवको गत पुस ८ गते शुक्रवार बेलुका साढे ५ बजेको समयमा बाराकै महागढीमाई नगरपालिका वडा नम्बर २ भुतही नजिक गोली प्रहार भएको थियो । यादवलाई अगाडी नम्बर नखुलेको भारतीय मोटरसाईकलमा सवार अपरिचित २ जना ब्यतिmहरुर्ले  चिया पसलमा नै छातीमा एक राउण्ड गोली हानी फरार भएका थिए  । मृतक यादव बरियारपुरमा अफान्त कहा आएका बेला हत्या भएको उपरिक्षक बोगटीले बताए । 

गोली लागि घाईते भएको यादवकोे परवानीपुर गाँउपालिका वडा नम्बर ५ स्थित रहेको एलएस न्युरो अस्पतालमा उपचारको क्रममा  मृत्यु भएको थियो । 

मुख्य योजनाकार राम यादवको मृत्यू भयो कि भएन भनेर अस्पतालमा नै पुगी हत्या गर्ने ग्रिरोहलाई सुचना प्रवाह समेत गर्ने गरेको प्रहरीको अन्सन्धानबाट खुलेको छ । । राम माथि शंका लागेर निजसंग कुराकानी गर्दै जादा उनको मोवाईलमा दुई जनाको फोन भएको कुरा भेटिएपछि झनै शंका बढयो अनि त्यसलाई नियन्त्रणमा लिई अनुसंन्धान गर्दै जादा एक दिनमा मात्र, दिनेश यादव, सुटरसंग ६२ पटक फोनमा कुरा भएको रेर्कड भेटिएको हो प्रहरी उपरिक्षक बोगटीले बताए । 

मृतक शिवपुजन यादव भारत छौडादाना ग्राम पंन्चायतका उपप्रमुख रमेश यादवलाई जग्गाको विवादमा गोली हानी हत्या गरि नेपालमा लुकीछिपी बस्दै आएको प्रहरी प्रवतmा राजेश थापाले जानकारी दिए । उप्रमुख रमेशको भाई दिनेश यादवले मुख्य अभियुतm रामलाई सो कार्यको चाजोबाजो मिलाउन रु ६० हजार रुपैया समेत दिएको उनकै ब्यानबाट खुल्न आएको प्रहरीले जनायो  ।  भारत महुअवा थाना छौडादाना थानामा मृतक यादव विरुद्ध कर्तब्य ज्यान, डाकाजनी, अपहरण, लुटपाट, फिरौती गरि ८ वटा मुद्धा दायर रहेको छ भने उनी नासलाईट नामक अतंककारी संगठनका नेता रहेको प्रहरी स्रोतको दावी छ । मृतक यादव भारतमा मोष्टबान्नटेड रहेको हुन । 

यता हत्या योजनाकारमा पक्राउ परेका रामको पनि मोतिहारी थाना लगायत अन्य ठाँउमा अपहरण, फिरौती लगायतका ३ वटा मुद्धा रहेको बारा प्रहरीले जनाएको छ । घटनामा संलग्न अरुको पनि पहिचान भईसकेको हुदा चाडै नै तिनीहरुलाई कानुनी दायरामा ल्याउने प्रहरी उपरिक्षक बोगटीले पत्रकारहरुलाई जानकारी दिएका छन ।


Comments

Popular posts from this blog

Cold waves will remain in Madhesh for a few more days(मधेशमा शीतलहर अझै केही दिन कायमै रहने)